जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ। शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको कांग्रेस नेता प्रकाशशरण महराले जानकारी दिए ।
कोरोना संक्रमण भएपछि उनी अस्पतालमा भर्ना थिइन्। उनको निधनले स्तब्ध र मर्माहत बनाएको बताउँदै कांग्रेस नेताहरूले शोक संतप्त परिवारमा समवेदना प्रकट गरेका छन्।