जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२४ घण्टामा ६ हजार १३५ ले जिते कोरोना, २०३ संक्रमितको मृत्यु

२४ घण्टामा ८ हजार ५२० जनामा संक्रमण पुष्टिभएसँगै नेपालमा कुल संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ। मन्त्रालयका अनुसार नेपालमा अहिले १ लाख ७ हजार ३३६ सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार ६ हजार १३५ जनाले भने २४ घण्टामा कोरोनालाई जितेका छन्। योसँगै नेपालमा निको हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा २०३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ६६९ पुगेको छ।