जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२० औं संस्करणको आहारारा गोल्डकपमा घाटा

जन्मभुमि खबर ,
पोखरा ।

सहारा क्लबले गत माघमा आयोजना गरेको २० औं संस्करणको आहारारा गोल्डकपमा घाटा व्यहोरेको जनाएको छ ।

प्रतियोगिताका अर्थ संकलन उपसमितिका संयोजक सुनील गुरुङले १२ लाख रूपैयाँ आर्थिक नोक्सान भए पनि पछि देश तथा विदेशमा रहेका विभिन्न संघसंस्थाले सहयोग गर्दा नोक्सानको केही परिपूर्ति भएको जानकारी दिए ।

प्रतियोगिता माघ ६ गतेदेखि १५ गतेसम्म भएको प्रतियोगिताको उपाधि विभागीय क्लब एपीएफले जितेको थियो । १० क्लब सहभागी रहेको प्रतियोगितामा मनाङमस्र्याङ्दी क्लब उपविजेता भएको थियो । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए ।

दोस्रो चरणको कोरोना महामारीमा भएको प्रतियोगितामा सेमिफाइनलसम्म दर्शकबिनै सञ्चालन गरिएको थियो । प्रतियोगिताका लागि कुल ६६ लाख ४१ हजार एक सय ८१ रुपैयाँ ६३ पैसा आम्दानी भएकोमा ६९ लाख ८९ हजार रुपैयाँ २५ पैसा खर्च भएको जानकारी दिएको छ ।