हेमजा गोल्डकपबाट १० लाख ७३ हजार रुपैयाँ बचत
जन्मभुमि खबर ,
पोखरा ।
छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगिताबाट १० लाख ७३ हजार तीन सय ५१ रुपैयाँ बचत भएकाे छ ।
प्रतियाेगिता आयाेजक हेमजा युनाईटेड क्लव पोखरा २५ ले शुक्रवार प्रतियाेगिताकाे आय व्यय सार्वजनिक सुनुवाई गरि बचतकाे जानकारी गराएकाे हाे ।
प्रतियोगिता सञ्चालनका लागि भएकाे ५८ लाख ९८ हजार ७ सय ६९ रुपैयाँ आम्दानीबाट ४८ लाख २५ हजार ४ सय १८ रुपैयाँ खर्च भएको क्लवका काेषाध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।
सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५ का वडाअध्यक्ष मोतिराज तिम्सिनाले फुटवल खेल गौरवको विषय भएको बताउँदै प्रतियोगिता सफल बनाएकोमा आयोजकलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने उल्लेख गर्दै वडाबाट सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा खेल मैदान निर्माणकाे भाैतिक विकासमा याेगदान पुर्याएकाे भन्दै क्लवका शुभचिन्तक तथा सहारा क्लव पाेखराका काेषाध्षक्ष नवराज अधिकारीलाई सम्मान गरिएकाे थियाे ।
सम्मानित व्यक्तित्व अधिकारीले आयाेजकलाई धन्यवाद दिदै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा अर्थ संकलन उपसमिति संयोजक जगत थापा,गाैरीशंकर खेल मैदान निर्माण समितिका संयाेजक तथा क्लवकाे उपाध्यक्ष राजेश त्रिपाठी र गाैरीशंकर खेल मैदान निर्माण प्रतियाेगिता मुल आयाेजक समितिका काेषाध्यक्ष तिर्थ देवकाेटा लगायतले बाेलेका थिए ।
उक्त अवसरमा लियो क्लब अफ हेमजाका अध्यक्ष निराजन अधिकारीलाई हेमजा युनाइटेडका अध्यक्ष इन्द्रबहादुर कुँवरले सर्भिस ज्याकेट हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा खेल मैदान निर्माणको आय व्यय पनि सार्वजनिक गरिएकाे थियाे ।
हेमजा युनाइटेडका अध्यक्ष इन्द्रबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष राजेश त्रिपाठी र सञ्चालन सचिव सुनिल गायकले गरेका थिए ।
स्मरण रहाेस क्लवले असार ४ देखि ११ गतेसम्म हेमजाको गौरीशंकर खेलमैदानमा प्रतियाेगिता आयोजना गरेकाे थियाे ।
कुल आठ टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि एभिनियर फुटबल क्लव डाउलाले जितेको थियो । प्रतियोगिताको विजेतालाई ६ लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियोे ।