जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सोमबार सुन–चाँदीको मूल्य स्थिर

काठमाडौं । सोमबार सुनको बजार मूल्यमा स्थिरता आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार प्रति तोला ९१ हजार ३०० रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि गत आइतबारकै मूल्यमा प्रति तोला  ९० हजार ८०० रुपैयाँ कायम भएको महासंघको भनाई छ । यता, चाँदीको मूल्यमा पनि गत आइतबारकै मूल्य १ हजार ३१० रुपैयाँ नै कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन चाँदीको मूल्यमा खासै उतारचढाव नआएकाले नेपाली बजारमा सुनको मूल्यमा स्थिरता आएको महासंघका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए ।