जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुन चाँदीको मुल्यमा सामान्य वृद्धि

साताको दोस्रो दिन सोमबार २ सय रुपैयाँ बढेको छ। सोमबार सुन २ सय रुपैयाँ बढेर प्रतितोलाको मूल्य ९४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले वृद्धि भइ १ हजार ३ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।