जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य तोलामा ६ सय रूपैयाँले घट्यो

नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ६ सय रूपैयाँले घटेको छ । छापावाल सुन बिहीबार ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँ कायम गरिएको छ । तेजाबी सुन बिहीबार प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य बिहीबारको तुलनामा शुक्रबार प्रतितोला पाँच रुपैयाँले बढेको छ । चाँदी बिहीबार प्रतितोला एक हजार १ सय ५५ रुपैयाँमा कारोबार भएकामा आज एक हजार १६० तोकिएको हो । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन समय समयमा परिवर्तन भइरहन्छ ।