जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य तोलामा रु २०० ले घट्यो

नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु २०० घटेर तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै सोमबार चाँदीको मूल्य पनि सामान्य गिरावट आएको छ । आइतबार तोलामा १२४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १२३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।