जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो

काठमाण्डाै – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९२ हजार तीन सय रुपैयाँ कायम भएको सुनको भाउ आज ९२ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । कोरोनाको संक्रमण फैलिएसँगै अहिले नेपालमा सुनको कारोबार भने ठप्प जस्तै छ ।