जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सार्वजनिक स्थल संरक्षणमा वे ग्रुप नेपालको चासो । २३९ औं शृङ्खला धारापानीमा ।

चितवन ।                                                                         समाजको लागि एकदिन एकछिन भन्ने मुल नाराका साथ बाताबरण र सरसफाई तथा सामाजिक क्षेत्रमा बिगत ५ बर्स देखि निरन्तर विभिन्न चेतनामुलक अभियान र सहयोग गर्दै आएको वे ग्रुपले हरेक सोमबार गरिने नियमित सरसफाई अन्तर्गतको २३९ औं शृङ्खला भरतपुर महानगरपालिका वार्ड न ४ धारापानी टोलमा रहेको एक सार्बजनिक ऐतिहासिक स्थल धारापानीमा सम्पन्न गरेको छ ।

उक्त सरसफाइ कार्यक्रममा वे ग्रुप लगायत धारापानी टोल बिकास संस्था का अध्यक्ष चिरञ्जीवी भट्टराई , सचिब कमलनयन कंडेल , धारापानी संरक्षण,निर्माण तथा ब्यबस्थापन उपभोक्ता समितीका अध्यक्ष समाजसेवी ब्यक्तित्व श्री टिकाराम कंडेल र स्थानियको सहभागिता सम्पन्न भएको हो ।

कार्यक्रममा बि.स. २०१६ /१७ साल देखि पानीको स्रोतको रुपमा उपभोग हुँदै आएको भरतपुर ४ लंकूमा रहेको धारापानीको सार्बजनिक जग्गा र पानी मुहान संरक्षण तथा ब्यबस्थापनको लागि स्थानियको पहलमा बिगत १० बर्स देखि महानगरको सहयोगमा पार्क निर्माण कार्य भैरहेको पनि जानकारी गराईएको थियो ।

WAY ग्रुप सरसफाइ र बाताबरण संग सम्बन्धित रहेर सहयोग सहकार्य गर्ने संस्था भएकोले यस सार्बजनिक ऐतिहासिक स्थलको संरक्षण निर्माण र ब्यबस्थापनमा यस ग्रुपले बिगतमा जस्तै यसपाली पनि स्थानिय सहभागितामा सरसफाइ गरेको र यसको संरक्षणको लागि हामी सबैको सहयोगको आवस्यकता रहेको वे ग्रुपका संस्थापक अध्यक्ष सामाजिक अभियान्ता भोजनारायण कडेलले आफ्नो भनाई राख्नुभएको थियो ।

पानी मुहान संरक्षण र पार्क निर्माण क्रमममा यसै सार्बजनिक जग्गा संग जोडिएको जग्गाधनी संग पानी मुल भएको जग्गामा केही बिबाद उत्पन्न भएको छ आसा गरौ सबै पक्ष र स्थानिय निकायको पहलमा त्यो समस्या समाधान हुनेछ । यो हामी सबैको सार्बजनिक सम्पत्ती हो महानगरकै एउटा नमुना स्थल पनि हो । यसको संरक्षण र निर्माणमा हामी सबैको साथ र सहयोग आवश्यक रहेको छ भन्दै धारापानी संरक्षण निर्माण तथा ब्यबस्थापन उपभोक्ता समितिका अध्यक्ष श्री टिकाराम कडेलले बताए ।