जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विवेकशील साझा पार्टी पोखरा २१ रामदी एकहाते वडा समिति गठन

पोखरा ।
विवेकशील साझा पार्टी पोखरा महानगरपालिकाले आज पोखरा २१ रामदी एकहातेमा वडा समिति गठन गरेको छ । सो कार्यक्रम्मा छबे कामीको सयोजकतोमा निरविरोध १९ सदस्य समिति गठन गरिएको हो ।  समितिको सह– सयोजकमा मन बहादुर सुनार ,सचिवमा अर्जुन सुनार ,सहसचिवमा युवराज पौडेल , कोषध्यक्षमा महेन्द्र सुनार , सदस्यहरुमा सरस्वती सुनार ,सन्ध्या सुनार , कमला देवि पौडेल, सुनिल परियार ,कुमार परियार , दिपेन्द्र परियार , कोपिला सापकोटा , विमला न्यौपाने लक्ष्मी ढुंगाना पौडेल , पुनमा सुनार , अप्सरा पौडेल , बन्दना सुनार रबिन सुनार रहेका छन् ।    सो कार्यक्रम्मा विवेकशिल साझा पार्टी केन्द्रीय सदस्य रजनी के.सीले अबका युवा हिजोको जसरी बसेर नहुने आफनो अधिकार खोज्नु पर्ने साथ साथै आफुनो कर्तव्य पनि सम्झनु पर्ने बताउनु भयो । देशमा भष्ट्रचार बढनुमा युवाहरुले चासो नलिदा भष्ट्रचारी मौलाएका र अब युवाले यसलाई रोक्नु पर्ने उनको भनाई थियो । यस्तै कार्यक्रम्मा जिल्ला सयोजक फणिन्द्र अधिकारी , सह सयोजक जयन्ती मोक्तानले आफना भनाई राख्नु भएको थियो । कार्यक्रम विवेकशील साझा पार्टी पोखरा महानगरपालिका सह–सयोजक विपना कुवँरको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको स्वागत छविलाल पौडेलले गरेका थिए ।