जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विवाह, ब्रतबन्ध, मलामीमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको अन्त्येष्टि गर्दा २५ जनामात्रै मलामी जान पाइने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङका अनुसार मलामीमा २५ जनामात्रै सहभागी गराउन भनिएको हो।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको शव व्यवस्थापन वा अन्त्येष्टि गराउन आफ्नै धर्म, परम्परा, संस्कृति अनुसार गर्न दिने मन्त्री गुरूङले बताए ।

सम्बन्धित परिवारले २५ जनाभन्दा बढी मलामी नहुनेगरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी अन्त्येष्टि गर्ने,’मन्त्री गुरूङले भने,’ सो बमोजिम सम्भव नभएमा कोभिड व्यवस्थापन कार्यविधी २०७६ अनुसार नेपाली सेनाले गर्ने।’

यसैगरी विवाह, ब्रतबन्ध समारोहमा पनि २५ जना भन्दा बढी उपस्थित नहुन सरकारले भनेको छ ।