जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विदेशबाट आउनेहरू १० दिन अनिवार्य होम-क्वारेन्टिन बस्नुपर्ने

विदेशबाट नेपाल आउनेहरूले १० दिन होम-क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने भएको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले विदेशबाट आउनेहरू अनिवार्य १० दिन होम-क्वारेन्टिनमा बस्नुपर्ने बताएका हुन्।

त्यसरी विदेशबाट आएकाहरूले पिसिआर परीक्षण गराई नतिजा नआएसम्म बाहिर हिँडडुल समेत नगर्न भनिएको छ ।

विदेशबाट नेपालमा आउँदा र निकट सम्पर्कमा कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भएता पनि कम्तीमा १० दिन होम-क्वारेन्टिन अनिवार्य बस्ने,’मन्त्री गुरूङले भने,’पिसिआर परीक्षणका लागि स्वाब दिएपछि नतिजा नआएसम्म बाहिर हिँडडुल नगर्ने ।’