जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लायन्स क्लब अफ चितवन लङ्कुको ´मास्क खोइ´ अभियान ।

चितवन । कोभिड -१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै लायन्स क्लब अफ चितवन लङ्कुको आयोजना तथा धर्मचोक बजार व्यवस्थापन समितिको सह-आयोजनामा आईतवार बिहान तपाईको ´माक्स खोइ´ ? अभियान आयोजना गरिएको छ ।

  1. कोरोना भाईरसको यस्तो महामारिको समयमा पनि अधिकाङ्स मानिसहरूले स्वास्थ मापदण्डका सामान्य नियम सम्म पालना नगरेको पाईएकोले अभियान सन्चालन गरिको हो ।      भरतपुर महानगरपालिका वडा . न -४ धर्मचोकमा त्यस स्थान भएर माक्स नलगाई आवातजावत गर्ने सवारीसाधन र पैदलयात्रीहरुलाई माक्स लगाउन आग्रह गरिएको थियो । साथै मास्कको प्रयोग नगर्नेहरुलाई निशुल्क माक्स समेत वितरण गरिएको थियो ।