जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लकू लायन्सको अध्यक्षमा खरेल

चितवन ।                                                                           लायन्स क्लव अफ लंकु चितवनको लायन वर्ष २०२१-२०२२ को अध्यक्षमा निर्वाचित भिमलाल शर्मा खरेल लगाएत पदाधिकारीहरुको आन्तरिक पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
क्लवका निवर्तमान अध्यक्ष  लायन्स कृष्ण कुमार शर्माको सभापतित्व , रिजन चेयर पर्सन लायन्स रामजी पौडेलको प्रमुख अतिथ्यता तथा अध्यक्ष भानुभक्त सापकोटाको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो।                                                                                   कार्यक्रममा लायन बर्ष २०२०/०२१ का लकू लायन्सका अध्यक्षमा निर्वाचित भिमलाल शर्मा खरेलले लायंस क्लव अफ लंकु चितवन लायनवादले अंगीकार गरेको पथलाई आत्मसात गर्दै सक्दो मानबीय सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।