जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रुपन्देहीको ओमसतियामा अज्ञात समुहले गोलि चलाउदा एक युवक गम्भीर घाइते

रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । अज्ञात समुहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ वेलहिया बस्ने विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार रोहिणी गाँउपालिका-१ बाइपासस्थित सिद्धार्थ कटेजमा करिब ११ बजे राति लुटपाट गरी भाग्दै गरेकाहरूले ओमसतियाको वसन्तपुर वडा कार्यालय अगाडि जम्काभेट भएका गुरुङमाथि गोली हानेका थिए । लुटेराहरूले सो कटेजबाट २ तोला सुन र केही नगद लुटेको बताइएको छ ।

घाइतेको गुरुङ भैरहवा मेडिकल कलेजमा उपचाररत् छन् । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।