जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राष्ट्रिय फुटबल टीमको प्रशिक्षण एक हप्ताका लागि स्थगित

नेपाली राष्ट्रिय फुटबल टिमको बिहीबारदेखि हुने भनिएको बन्द प्रशिक्षण एक हप्ताका लागि स्थगित गरिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले सूचना जारी गर्दै बिहीबारदेखि हुने भनिएको बन्द प्रशिक्षण एक हप्ताका लागि स्थगित भएको जनाएको हो ।

अहिलेको परिस्थितीका कारणले प्रशिक्षण स्थगित भएको सूचनामा उल्लेख छ । प्रशिक्षण जुलाई सात तारिख अर्थात आउँदो बुधबार २३ गतेदेखि सुरु हुनेछ ।