जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउदै

जन्मभुमि खबर ,
पोखरा ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउनेभएकी छन् । मंगलबार हुने दुई कार्यक्रममा भाग लिन उनी आजै पोखरा आउन लागेकी हुन् ।

राष्ट्रपति भण्डारी पोखराको विन्ध्यवासिनी माविको हिरक जयन्ती समारोह र गुरुङहरुको पर्व ट्होंटेमा सहभागी हुने कार्यक्रम तय भएको सुरक्षा निकायले जनाएको छ ।

सुरक्षास्रोतका अनुसार बिहान ११ बजे बुद्ध एअरको जहाजबाट पोखरा आउने उनी आज दिनभर पोखरा ग्रान्डमा रहनेछन् । आजको दिन राजनीतिक भेटघाटमै बित्ने छ ।

भोलि मंगलबार बिहान विन्ध्यवासिनी मन्दिर दर्शन गर्ने कार्यक्रम भए पनि निधो भने भइसकेको छैन । उनी मंगलबार दिउँसो ४ बजे बुद्ध एअरको जहाजबाटै काठमाडौं फर्कनेछन् ।

राष्ट्रपति आउने भएपछि पोखराको सुरक्षा निकै कडा गरिएको छ । प्रतिनिधि सभाबाट पारित नागरिकता विधेयक फिर्ता गरेका कारण उनीविरुद्ध प्रदर्शन हुन सक्ने आँकलन गर्दै सुरक्षा व्यवस्था थप मजबुत पारिएको सुरक्षास्रोतले बताएको छ ।