जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मेलम्ची बाढीमा ३ जना भारतीय,३ जना चिनियाँसहित २० जना बेपत्ता

मेलम्चीमा मंगलबार राति आएको बाढीमा २० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन भारतीय र तीन चिनियाँ नागरिकसमेत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनका अनुसार बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, हेलम्बु–३ की ५० वर्षीया साइली तामाङ, ६ का ५० वर्षीया च्याङा तामाङ र ४२ वर्षीया काली तामाङ छन्।

त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका–१ का १९ वर्षीय विमल खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेसमलाल साकी र हेमराज घिमिरे पनि बेपत्ता छन्।

भारतीय नागरिक कमललोचन महतो, विजय वासुमन्तरी र जिनडाऔ वासुमन्तरीतथा चिनियाँ नागरिक सन यु चुवान, यु चि झु र गोड टियान छियो बेपत्ता रहेको प्रशासनको सूचनामा उल्लेख छ।

बाढीमा फसेका ७४ जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेका छन् । हालसम्म एक जनाको शव भेटिएको छ। मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।