जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

माथिबाट निर्देशन आउने वित्तिकै खोप दिइनेबारे सूचना जारी गर्छौं, जानकारी गराउँछौं अहिले लाइनमा नबस्नुहोस

जन्मभुमि खबर,
पोखरा ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले खोप केन्द्रमा लाइन लागेर नबस्न नागरिकलाई आग्रह गरेका छन् । पोखराका नागरिकहरु खोप केन्द्रहरुमा लाइन लागेर बसेपछि प्रजिअ गौतमले यस्तो आग्रह गरेका हुन् ।

प्रजिअ गौतमले भेरोशिल नामको खोप सकिएको जानकारी गराइसकिएको र जनसन एण्ड जनसन खोप दिनका लागि माथिबाट कुनै निर्देशन नआएको स्पष्ट पारे ।

उनले भने, ‘माथिबाट निर्देशन आउने वित्तिकै खोप दिइनेबारे सूचना जारी गर्छौं, जानकारी गराउँछौं । अहिले लाइनमा खोपका लागि लाइन नबस्न आग्रह गर्दछु ।’

यसैबीच केन्द्र सरकारले खोप लगाउने निर्देशन नदिएपछि के गर्ने भन्ने विषयमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको बैठक जारी छ ।

मुख्यमन्त्रीकै कार्यकक्षमा भएको बैठकमा मन्त्रीहरु, जिल्ला स्वास्थ्य कार्यालय र प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सहभागी भएको बताइएको छ ।

खोप पाउने आशमा पोखराका विभिन्न खोप केन्द्रमा नागरिकहरु लाइन लागेर बसिरहेका छन् ।

भएका खोप पनि नदिए जनताको स्वास्थ्य माथि खेलवाड गरिएको भन्दै नागरिकहरु आक्रोशित भएका छन् ।

कतिपय नागरिकहरु बिहानैदेखि खोप केन्द्रमा पुगेर लाइनमा बसेका थिए । उनीहरु वर्षाद्को प्रवाह नगरि खापको प्रतिक्षामा थिए ।

खोप बोकेर स्वास्थ्यकर्मी तथा कर्मचारीहरु खोप केन्द्रमा पुगे पनि माथिको निर्देशन कुरेर बसिरहेका छन् ।

यस विषयमा स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यसंग सम्पर्क गर्दा फोन उठाएनन् ।