जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बाढी, पहिरो, डुबान पीडितलाई राहत र क्षतिपूर्ति दिने सरकारको निर्णय

सरकारले बाढी पहिरो र डुबानमा परेकालाई राहत र क्षतिपूर्ति दिने निर्ण गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षताम बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले वर्षाका कारण देशको विभिन्न क्षेत्रमा गएको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई उद्दार, राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो।

शनिबारदेखि परेको अविरल वर्षाका कारण बुधबार अपरान्हसम्म देशभर बाढी र पहिरोमा परी ४८ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता छन्। कयाौं ठाउँमा धानबाली बगाएको छ।