जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बागलुङको जैमिनीमा गाडिएको अवस्थामा शिशु फेला, एक महिला पक्राउ

बागलुङको जैमिनी नगरपालिका वडा नम्बर १० सिप्रिङमा ४ महिने शिशु (भु्रण) खाल्डोमा गाडिएको अवस्थामा मृत फेला परेको छ । सप्रिङकी स्थानीय २६ वर्षीया महिला सम्झना नेपालीको घर नजिकैको बारीमा खनियाको रुख मुनि ४ महिनाको पुरुषु (भ्रुण) जस्तो देखिने रातो कपडामा बेरी गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

गाडिएको अवस्थामा भ्रुण फेला परेको भन्ने खबर प्राप्त हुना साथ प्रहरीको टोली घटना स्थानमा पुगेको हवारीको भनाई छ । उक्त बच्चा कसले गाडेको भन्ने नखुलेको र अनुशन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ । अनुशन्धानको लागि सम्झना नेपालीलाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय बागलुङमा  ल्याएको सूचना अधिकारी हवारीको भनाई छ । नेपालीको श्रीमान राजु नेपाली रोजगारको सिलसिलामा बिगत ३ बर्ष देखि साउदीमा रहेको बताइएको छ ।

बच्चा (भ्रुण) लाई धवलागिरी अस्पतल बागलुङ ल्याएर राखिएको प्रहरीले जनाएको छ ।