जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फुलवारी गार्डेन क्लबका अध्यक्ष बिनोद गुरूङले गरे सुरक्षाकर्मीलाई खानेपानी तथा खाजा वितरण

नबिन भण्डारी ,
पोखरा ।

फुलवारी गार्डेन क्ललबका अध्यक्ष श्री बिनोद गुरूङले पोखरा वाटर टयाङले सुरू गरेको सुरक्षाकर्मीलाई खाजा तथा खानेपानी वितरण अभियानको आज सातौँ दिनमा वितरणको सम्पुर्ण खाजा तथा पानीको ब्यवस्था गर्नु भएकोमा यस संस्थाका अध्यक्ष ओम गुरूङले फुलवारी गार्डेन क्ललबका अध्यक्ष श्री बिनोद गुरूङको
सहयोगी मनलाई बिशेष धन्यवाद व्यक्त दिनुभयो।
संस्थाले बिषम परिस्थितिमा गरेको यस कार्यको लकडाउनमा खट्टिएका सुरक्षाकर्मी लगायत सम्पुर्ण आम नागरिकले खुलेर प्रशंशा गरेको कुरा समेत जानकारी गराउनु भयो।फुलवारी गार्डेन क्ललबका अध्यक्ष श्री बिनोद गुरूङले गरेको यस समाजसेवी कार्यले अन्य युवा वर्गलाई पनि सामाजीक काम गर्नका निम्ति प्रेरणादायिक भुमिका खेलेको भन्दै आफु जस्तोसुकै परिस्थिति आएतापनि सामाजीक कार्यबाट पछि नहट्ने जानकारी पोखरा वाटर ट्याड क्लिनङ सर्भिसका अध्यक्ष गुरूङले गराउनुभयो।