जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पोखरा आउने

जन्मभुमि खबर ,
पोखरा ।

प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पोखरा आउने भएका छन् । गण्डकी प्रदेश सरकारले आयोजना गरेको साक्षर गण्डकी घोषणा कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा पोखरा आउन लागेका हुन् ।

शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले पोखरा सभागृहमा आइतबार बिहान ११ बजे साक्षर प्रदेश घोषणा कार्यक्रम राखेको छ । त्यसलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने छन् ।

पोखरा नयाँबजारस्थित प्रदेश संग्रहालयमा साक्षर स्तम्भ बनाइएको छ । प्रधानमन्त्री देउवाले स्तम्भ अनावरण गर्ने र त्यसपछि मूल कार्यक्रमलाई पोखरा सभागृहमा सम्बोधन गर्ने सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री देउवा आइतबार पोखरामै बस्ने छन् । उनी राष्ट्र बैंक चोकस्थित नेपाल राष्ट्र बैंकको गेस्ट हाउसमा बस्ने कांग्रेसनिकट स्रोतले जानकारी दियो । सोमबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेर प्रधानमन्त्री देउवा काठमाडौं फर्कने मन्त्री श्रेष्ठले जानकारी दिए ।