जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रधानमन्त्रीले गुमाए विश्वासकाे मत, अब के हाेला ? अर्को बैठक वैशाख ३० गते बस्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्‍वास गुमाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्‌मा अस्वीकृत भएको
ओलीले राखेको प्रस्तावको पक्षमा९३जना सांसदले मतदान गरेका थिए। विपक्षमा१२४प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाका (उपेन्द्र यादव-बाबुराम भट्टराई) समूहका सांसदले मत दिएका छन्।

तटस्थ १५ मत परेको सभामुखले जानकारी गराए ।एमालेका झलनाथ खनाल-माधवकुमार नेपाल समूहका २७ सांसद अनुपस्थित रहेका छन् ।

प्रतिनिधि सभाको अर्को बैठक वैशाख ३० गते बस्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन डाकेको संसदको विशेष अधिवेशनको पहिलो बैठक सोमबार बसेको थियो। उक्त बैठकमा भएको मतदानमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन सकेनन्। उपस्थित २३२ मध्ये  प्रधानमन्त्री ओलीको पक्षमा ९३ सांसदले मात्रै मत दिएका थिए।

विश्वासको मतको छिनोफानो भएपछि सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक वैशाख ३० गते बस्ने जानकारी दिएका थिए।