जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पौष २७ देखि देशभरका सबै विद्यालय बन्द हुने 

पोखरा ।                                                                     भोलि पौष २७ देखि देशभरका सबै विद्यालय बन्द हुने भएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

कोरोनाको संक्रमण बढेपछि सीसीएमसीले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।

सो सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरु छलफलमा बसेका थिए ।

कक्षा १ देखि १२ सम्म र सीटीईभीटीअन्तर्गतका कक्षा पुस २७ देखि माघ १५ सम्म बन्द गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको हो ।

भौतिक उपस्थितिमा सञ्चालन हुने कक्षा बन्द गरिएपछि वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।