जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा -७ मासबार मा काठको काम गर्ने क्रममा छतबाट खसेर एक मजदुर घाइते

जन्मभुमि खबर
पोखरा ।
पोखरामा आईतबार बिहान एक मजदुर  छतबाट खसेर घाइते भएका छन् ।

पोखरा -७ मासबारस्थित उदय अधिकारीको १ तले घरमा काठको काम गर्ने क्रममा पर्सा घर भई हाल पोखरा-९ प्रगती टोलमा बस्दै आएका १८ वर्षीय समीर मियाँ छतबाट खसेर घाइते भएका हुन् ।

घाइते मियाँलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको जानकारी गण्डकी प्रदेश प्ररही कार्यालय पोखराले जनाएको छ ।