जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा–३० गगनगौडाबाट गाँजासहित दुई युवक पक्राउ

जन्मभुमी खबर
पोखरा ।

पोखरामा लागूऔषध गाँजासहित दुई युवक पक्राउ परेका छन् ।

शनिबार पोखरा–३० गगनगौडाबाट एक के.जी. तीन सय ६० ग्राम गाँजासहित दुई युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा चितवन कालिका– ३ घर भई पोखरा– ७ बस्ने वर्ष २० वर्षीय नवीन गुरुङ र पोखरा १७ घारिपाटन बस्ने २० वर्षीय सुवास बि.क. रहेका छन् ।

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास हमालले जानकारी दिए ।

उनीहरुलाई लागूऔषध मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।