जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा कोरोनाको उच्च जोखिममा,आज मात्र ३१० जनामा संक्रमण पुष्ठि ,१ जनाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा आज ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै पोखरामा ३ सय १० जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

त्यस्तै आजै पोखरामा संक्रमणबाट १ जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगपालिका पोखरा -२९ का ४५ वर्षीय पुरुषको मंगलबार मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

गत बैशाख १८ गते कोरोना पोजेटिभ पुष्टि भएर उपचारका लागि अस्पताल भर्ना भएका उनको मंगलबार उपचारकै क्रममा ज्यान गएको अस्पताले जनाएको छ।