जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा मङ्लबार थप ३४६ जनामा काेराेना संक्रमण,६ जनाको मृत्यु,सचेत रहन आग्रह

जन्मभुमि खबर,
पोखरा ।

कास्कीमा ३ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज विभिन्न चरणमा विज्ञप्ती जारी गर्दै कास्कीमा ३ सय ४६ जनामा संक्रमण भएको जानकारी दिएको हो ।

यसरी संक्रमण दर उच्च भैरहेको अवस्थामा सबैलाई सचेत रहन गरेको छ ।

यस्तै आज मात्र पोखरा महानगरपालिकाका ६ जना संक्रमीत को मृत्यु भएको छ ,यसरी मृत्यु हुनेमा

कास्की जिल्ला, पोखरा महानगरपालिका -१७ का ८४ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०१/२७ गते रातको ११:४५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उ’पचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२७ गते को’रोनाको संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्ला, पोखरा महानगरपालिका -१६ की ६० बर्षीय को’रोना संक्रमित महिलाको मिति २०७८/०१/२७ गते दिनको १:२४ बजे पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा उउ’पचारको क्रममा दुखद नि’धन भएको छ । वहाँमा मिति २०७८/०१/२७ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्ला, पोखरा महानगरपालिका -६ का ५२ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०१/२७ गते रातको १:२० बजे फिस्टेल अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/२२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्ला, पोखरा महानगरपालिका -२१ का ८० बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८० १२७ गते रातको १:०० बजे होम आइसोलेसनमा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/१९ गते कोरोनाको सं’क्रम’ण पुष्टि भएको थियो ।

कास्की जिल्ला, पोखरा महानगरपालिका -६ की ३२ बर्षीय कोरोना संक्रमित महिलाको मिति २०७८/०१/२७ गते रातको ८:०० बजे गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/१६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्ला,पोखरा महानगरपालिका -८ का ६५ बर्षीय कोरोना संक्रमित पुरूषको मिति २०७८/०१/२७ गते रातको १:३० बजे मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । वहाँमा मिति २०७८/०१/१८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।