जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा पहिलोपटक भदौ १२ गतेदेखी राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा भदौ १२ गतेदेखी राष्ट्रिय खुल्ला विलियार्ड स्नुकर प्रतियोगिता हुने भएको छ । नेपाल विलियार्ड स्नुकर तथा पुल संघ र कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको संयुक्त आयोजनामा पोखरामा नै पहिलो पटक आगामी भदौ १२ गतेदेखि १९ गतेसम्म प्रथम राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता–२०७९ हुन भएको हो । पोखरा–८ स्थित डेभिज् स्नुकर क्लवमा सञ्चालन हुने छ ।

विलियार्ड स्नुकर खेलको विकास, बिस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा देशभरका करिब १ सय १८ जना खेलाडीले सहभागिता जनाउने शंकर गुरुङले बताए । उनका अनुसार विलियार्ड स्नुकरका चर्चित खेलाडीहरु प्रतियोगितामा सहभागिताका लागि आउँदैछन् । खेल नकाउटका आधारमा हुने छ ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५१ हजार  १ सय ११, द्वितीय हुनेलाई ७१ हजार १ सय ११ र सेमीफाईनल पुगेका दुई जनालाई जनही १५ हजार १ सय ११ प्रदान गरिने अध्यक्ष साईले बताए । त्यस्तै प्रतियोगिताका हाईएस्ट ब्रेकरलाई २१ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने छ ।

प्रतियोगिता समापनको अवसरमा विलियार्ड स्नुकर खेल स्थापित गर्न महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिने संघका महासचिव सविन जिसीले जानकारी दिए ।