जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका ६ जनासहित गण्डकीमा आजपनी १४ जनाको मृत्यु पुष्टि, पोखराका १६८ जना सहित गण्डकीमा शनिबार ७७० जना संक्रमित थपिए

जन्मभुमि खबर,
पोखरा ।

शनिवार गण्डकीमा थप ७७० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक अपडेट अनुसार गत २४ घण्टामा गण्डकीका जनाको नमुना परीक्षण गर्दा ७७० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज पुष्टि भएका संक्रमित प्रदेशका ८ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १६८ जना, तनहुँका ५८ जना, गोरखाका ४९ जना, र नवलपुरका १४७ जना छन्।

यस्तै, स्याङ्गजाका २१ जना, पर्वतका १८ जना, बाग्लुङका ७९ जना र म्याग्दी जिल्लाका २३० जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

शनिवार पनि गण्डकीमा थप १४ जनाको मृत्यु पुष्टि भएको छ । गत २४ घण्टाको अवधिमा मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिकाका छ जना, स्याङ्गजाका दुई जना, म्याग्दीका एक जना, तनहुँका एक जना, गोरखाका एक जना र पर्वत जिल्लाका तीन जना छन्।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३५५ पुगेको निर्देशनालयले जनाएको छ।