जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँ र ग्याँसकाे मूल्य प्रतिसिलिन्डर ५० ले बढ्यो

पेट्रोलियम पदार्थ र खाना पकाउन प्रयोग हुने ग्यासको मूल्य फेरि बढेको छ । आजराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढेको हो ।

नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३३ तथा डिजेल र मट्टीतेल ११६ प्रतिलिटर पुगेको छ ।

खाना पकाउने एलपी ग्याँसकाे मूल्य प्रतिसिलिन्डर ५० ले बढेर १५०० पुगेको छ ।

हवाई इन्धन पनि आन्तरिक र बाह्य दुवैतर्फ प्रतिलिटर १० रुपैयाँले बढेकाे छ । जसअनुसार आन्तरिक हवाई इन्धनकाे नयाँ मूल्य ९६ र अन्तर्राष्ट्रिय हवाई इन्धनकाे मूल्य प्रति किलाेलिटर ८८५ पुगेकाे छ।

यसअघि निगमले भदो ७ गते ट्रोल र डिजेल/मट्टीतेलको मूल्य बढाएको थियो ।