जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घन्टामा ५,२२५ जना कोरोनामुक्त थप ३७५० जनामा कोरोना संक्रमण, ६७ जनाको मृत्यु

काठमाडौं : १५ हजार १८२ वटा नमूना परीक्षण गराउँदा ३ हजार ७५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा  ९ हजार ५९८ नमूनाको पीसीआर र ५५ सय ८४ नमूनाको एन्टिजेन परीक्षण गराउँदा ३ हजार ७५० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ६७ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार शुक्रबार ५ हजार २२५ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ।