जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा १०९६ जनामा संक्रमण पुष्टि , १००४ जना संक्रमण मुक्त

मुलुकभर पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९ सय १६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार १४० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९ सय ५७ जना र १ हजार ७ सय ७६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ६५ , ०१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १००४ जना कोरोनामुक्त , १२ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर एक हजार ४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ८३ हजार ३ सय ९७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ९ सय १६ जनाको परीक्षण हुँदा हालसम्म कुल ४९ लाख ७१ हजार ६ सय ९७ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २९७ पुगेको छ ।