नेपाल आयल निगमले फेरि बढायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
जन्मभुमि खबर
काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आज मध्यराति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले बढाइएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १२० रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रूपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।
भारतीय आयल कर्पाेरेसन (आईओसी)ले मूल्य नबढाए पनि निगमले घाटा पूर्ति गर्न भन्दै मूल्य बढाएको हो ।