जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा सोमबार २ जानमा ओमिक्रोन भाइरस भेरियन्ट संक्रमण पुष्टि।

नेपालमा कोरोना भाइरसको प्रजाति ओमिक्रोन भेरियन्ट फेला परेको हो। सोमवार मात्र  नेपालमा दुई जनामा संक्रमण देखिएको छ । एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो । आज  स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरि  ओमिक्रोन संक्रमण पुष्टि भएको  जानकारी दिएका हो ।

आइतवार मात्रै भारतका विभिन्न प्रान्तमा १८ जनालाई यो भाइरस संक्रमण देखिएको थियो।नेपालमा ओमिक्रोन संक्रमित भेटिएपछि आज रातिदेखि हङकङसहित यी ९ देशबाट नेपाल आउन प्रतिवन्ध लगाउने तयारी गरेको छ । यसबारेमा मन्त्रालयले थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

हाल सम्म यो भेरियन्ट विश्वका करिब ४० मुलुकमा देखिसकेको छ। विश्व स्वास्थ्य संगठनले यो भेरियन्ट तीव्र संक्रामक भएकाले सचेत हुन आग्रह गरिसकेको छ।यो भाइरस सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको थियो।