जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेतृत्व विकास एवम् उद्घोषण तालिम सम्पन्न।

भरतपुर ३१ चैत ।
वे ग्रुप नेपालको आयोजनामा वे ग्रुपका सदस्यहरुका लागि यही मिति २०७७/१२/२६ देखि ३० गते सम्म आयोजना गरिएको पाँच दिने आधारभूत नेतृत्व विकास एवम् उद्घोषण तालिम सम्पन्न भएको छ ।

तालिमको समापन कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख मेयर रेणु दहालले वे ग्रुपले सञ्चालन गरिरहेको सरसफाई अभियानले समाजमा सकारात्मक प्रभाव पारेको जनाउँदै वे ग्रुपको अभियानमा महानगर सधै साथ रहने बताउनुभयो ।

मानिसमा रहेका अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले मानिसमा व्यक्तित्व र नेतृत्व विकास गर्न सघाउ पुग्ने जानकारी दिनुभयो ।

वे ग्रपका अध्यक्ष भोजराज कडेलको अध्यक्षतामा सम्पन्न तालिमको समापन समारोहमा भरतपुर महानगरपालिकाका प्रबक्ता एवम् वडा नं १० का अध्यक्ष अरुण पिडित भण्डारी, वडा नं ४ का अध्यक्ष हरिप्रसाद आचार्य, वडा नं ५ का अध्यक्ष पदम सुबेदी, वे ग्रुप नेपालका सल्लाहकार भानुभक्त सापकोटा, हरिदास सापकोटा, श्रीप्रसाद कडेल, भिम लाल शर्मा खरेल, बेटर चितवनका सस्थापक संयोजक सागर कार्की, संदेश फाउन्डेसनका संयोजक दिवाकर श्रेष्ठ, भरतपुर महानगरपालिका नगर युवा संजालका संयोजक सन्देश वाग्ले लगाएतको महत्त्वपूर्ण उपस्थिति थियो ।

कटेरो पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष विजय सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक नारायण सापकोटाले गर्नुभएको थियो ।

४२ जनाको सहभागिता रहेको तालिमको अन्तिम दिन सञ्चारकर्मी नारायण सापकोटा र सबिता अधिकारीले प्रशिक्षण दिनुभएको थियो ।

पाँच दिनसम्म चलेको तालिममा तालिमका सहभागीहरु र प्रशिक्षकहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।