जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नयाँ बजारमा धार्मिक प्रयोजनका लागि बहुउद्देश्यीय सामाजिक भवन उद्घाटन

जन्मभुमि खबर,
पोखरा ।

पोखरा ८ दमकल मार्गमा बहुउद्देश्यीय सामाजिक भवनको उद्घाटन भएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नयाँ बजारमा निर्माण गरिएको बहुउद्देश्यीय सामाजिक भवन सामाजिक तथा धार्मिक प्रयोजनका लागि उपयोगमा आउने विश्वास व्यक्त गर्नुभएको छ ।

सामाजिक भवनको उद्घाटन गर्दै उहाँले विभिन्न सामाजिक परम्परा तथा सांस्कृतिक विविधताले भरिएको समाजका गतिविधिहरू सञ्चालनका लागि उपयोगी बन्ने बताउँदै सामाजिक रूपमा यस्ता प्रकारका कार्यहरूले सकारात्मक ऊर्जा दिने विश्वास व्यक्त गर्नुभएको हो ।

साथै सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र रहेको स्थानमा महानगरपालिकाको कार्यालय भवन निर्माण गर्ने गरी शिलान्यास गरिएको भए पनि स्थानीयहरूको माग अनुसार सो स्थानमा आकर्षक बगैँचा निर्माण गरिने प्रतिबद्धता समेत जाहेर गर्नुभयो । शिलान्यासताका सो स्थानमा स्थानीयहरूले कार्यालय भवन निर्माण गर्न नहुने भन्दै अवरोध गरेका थिए ।

स्थानीयहरूको सक्रियतामा माता सरस्वती र शिवजीको मन्दिर सहित निर्माण गरिएको सामाजिक भवनमा २ करोड ६ लाख ३७ हजार ६ सय ५१ रुपैयाँ खर्च भएको छ ।