जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

धनकुटामा पहिरो जादाँ छ जनाको मृत्यु , १२ जनाको उद्दार

धनकुटाको चौवीसे गाउँपालिका एक छ नम्बर बुधबारे बडेरेमा पहिरो जाँदा छ जनाको मृत्यु भएको छ । स्थानीय भिमबहादुर श्रेष्ठकाको घरमा पहिरोले पुरिँदा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ६० वर्षीय भीम बहादुर श्रेष्ठ, ९ वर्षीय विनोद श्रेष्ठ, ५ वर्षीया निर्जला श्रेष्ठ, ३९ वर्षीय संञ्जय श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीय निक्सन श्रेष्ठ रहेका छन् । पहिरोबाट १२ जनाको उद्दार गरीएको छ ।

त्यस्तै धरान–धनकुटा खण्ड अबरुद्ध भएको छ । बाढीले कोसी राजमार्गको सिम्सुवा–मुुलघाट खण्डको घण्टे भन्ने स्थानमा एकसय मिटर भन्दा बढी पक्की सडक बगाएको प्रहरीले जनाएको छ ।

यस्तै गर्जुवा खोलामा आएको बाढीले सडक भत्काएको छ । गुढीटार र त्रिशुलेमा पनि पहिरोले सडक अबरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि धरानबाट धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर हिँडेका यात्रु घण्टे, सिम्सुवा र भेडेटारमा अलपत्र परेका छन् ।