जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप ८८८ जना कोरोना संक्रमित, एकजनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पाँच हजार ७३७ वटा नमुना परीक्षण गर्दा ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९८९ पुगेको छ ।

आज ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ३८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।