जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तोलामा ९ सयले बढ्यो सुनको भाउ

नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मूल्य घटबढ भइरहेको छ। शुक्रबार सुनको मूल्य तोलामै ९ सयले बढेर ८९ हजार ९ सय पुगेको छ। बिहीबार सुन प्रतितोला ८९ हजार रुपैयाँमा कायम थियो ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला १२ सय ८० पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  अघिल्लो दिन चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।