जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

धनुषाको लक्ष्मीनिया गाउँपालिका–२ मा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । लक्ष्मीनिया गाउँपालिका–१ का ४५ वर्षीय जुगेश्वर साहको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जनाइएको छ ।

ज२त ९२८ नम्बरको ट्याक्टर र ज११प ८००७ नम्बरको मोटरसाइकल हिजो साँझ करिब ६ बजे आपसमा ठोक्किएका थिए । ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीचौकी लक्ष्मीनियाले जनाएको छ ।