जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

ट्याक्टरको ठक्करबाट स्याङ्जामा पैदलयात्रुको मृत्यु

स्याङ्जामा रोकी राखेको ट्र्याक्टरले अचानक गुडेर ठक्कर दिँदा हिजो बेलुकी एक पैदलयात्रीको ज्यान गएको छ ।

आँधीखोला गाउँपालिका-५ को भित्री सडकमा रोकी राखेको ग १ त ३१७८ नम्बरकाे ट्र्याक्टर ओरालाेमा अचानक गुडेर ठक्कर दिँदा ४५ वर्षीया माया विकको ज्यान गएको स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो।

विकको उपचारका क्रममा ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।