जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जनकपुर–जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ आज परीक्षण गरिँदै

जनकपुर–जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ परीक्षण आज हुँदैछ । रेल खरिद गरी ल्याइएको १० महिनापछि ‘ट्रयाक स्पीड’ परीक्षण गर्न लागिएको हो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि रेल्वे ट्रयाकमा आइतवार ‘ट्रयाक स्पीड’ परीक्षण गरिने जानकारी दिए ।
भारतको इस्ट–सेन्ट्रल रेल्वे कम्पनीको डिजल लोकोमोटिभ रेल आज प्रतिघण्टा ६० किलोमिटरको गतिमा भारतको जयनगर रेल्वे स्टेशनबाट जनकपुर आइपुग्ने छ र जनकपुरबाट प्रतिघण्टा १२० किलोमिटरको गतिमा जयनगर फर्किने छ ।

रेल्वे ट्रयाक वरपर चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछोड्न सबैलाई सार्वजनिक सूचना गर्नुका साथै जनकपुरदेखि भारतको सिमानासम्मको रेल्वे लिकको वरिपरि सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।