जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी सरकारमा भागबन्डा मिलाउनै गार्हो केहीको विभाग तोकियो, कोही अझै विना विभागिय

जन्मभुमि खबर,
पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले केही मन्त्रिको कार्यविभाजन गरेका छन् । मन्त्रिपरिषद विस्तारको तयारी गरिरहेका बेला उनले यस अघि नै मन्त्री भैसकेका सदस्यलाई विभाग तोकेका हुन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलको कार्यालयद्वारा जारी सूचनामा कांग्रेसबाट मन्त्री बनेका कुमार खड्कालाई सामाजिक विकास र माओवादीबाट मन्त्री बनेकी मधुमाया अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकिएको उल्लेख छ ।

यसपालीको कार्यविभाजनमा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र हरिशरण आचार्यले भने विना विभागीय छन् ।

केही दिनमा मन्त्री थप्ने योजनामा रहेका मुख्यमन्त्रीले मन्त्रालयका विषयमा रस्साकस्सीका कारण सबै मन्त्रीलाई विभाग तोक्न सकेका छैनन् ।

जनता समाजवादी पार्टीले आफूसँगको सहमतिअनुसार विभाग नपाएको गुनासो गरे पछि मुख्यमन्त्री पोखरेलले त्यसलाई समेत व्यवस्थापन गर्ने तयारी गर्दैछन् ।