जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुवुदु दाशानायकेले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुवुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् । पुवुदुले राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँरहेको अवस्थामा राजीनामा दिएका हुन् ।

गत मंसिरमा नेपाल क्रिकेट संघ (क्यान)सँग नेपाल टिममा दोस्रो कार्यकालका लागि दुई वर्षे सम्झौता गरेका पुवुदुले एक साता अगाडि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए ।

बुधबार पत्रकार सम्मेलन गर्दै पुवुदुले व्यक्तिगत कारण पद छाडेको जानकारी गराएका छन् । पुवुदुले सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए ।