जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको रुपा गाउँपालिकामा बाघको आक्रमणबाट २ युवा घाइते,स्थानीयले प्रतिकार गर्ने क्रममा बाघको घटनास्थलमा मृत्यु

जन्मभुमि खबर,
पोखरा ।

कास्कीमा शुक्रवार बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

रुपा गाउँपालिका ७ धारा पानीमा बाघले आक्रमण गर्दा ३४ वर्षीय तुल बहादुर गुरुङ र ३२ वर्षीय मिलन गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

शुक्रवार बिहान ८ बजे बारीमा घाँस काट्न जाँदा क्रममा अचानक बाघ देखि भाग्ने क्रममा पछाडिबाट आक्रमण गर्दा तुल बहादुर घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

डिएसपी अर्यालका अनुसार बाघले तुल बहादुरलाई घाइते बनाएपछि स्थानीयले प्रतिकार गर्दा बाघको आक्रमणबाट अर्का युवक मिलन घाइते भएका छन् ।

घाइते दुवै जनालाई उपचारको लागी भिरचोक स्वास्थ्य चौकी पठाइएको डिएसपी अर्यालले जनाउनुभयो ।

स्थानीयले प्रतिकार गर्ने क्रममा बाघको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।