जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको अन्नपूर्णमा गाउँपालिकामा पहिरोले दुई घर बगायो,दुई घर जोखिममा

जन्मभुमि खबर,
पोखरा ।

लगातार परेको वर्षाका कारण आएको पहिरोले कास्कीको अन्नपूर्णमा दुई घर बगाएको छ । पहिरोका कारण थप दुई घर जोखिममा रहेको कास्की प्रहरीले जनाएको छ ।कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकको पन्चेमा माथिबाट आएको पहिरोले चितकुमारी गुरुङ र छवि थापाको घर पहिरोले लगेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिनुभयो । पहिरोले टिनले छाएका उक्त दुई घरहरू लछारेर २० मिटर तल पुर्याउदा पूर्ण रूपमा क्षति भएको डिएसपी हमालले बताउनुभयो । डिएसपी हमालका अनुसार पहिरोबाट गुरुङको घरमा ९ लाख तथा थापाको घरमा ४ लाख बराबरको क्षति भएको छ ।