जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका २७ जना सहित गण्डकीमा ३९ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर ,
पोखरा ।

पछिल्लो २४ घण्टामा नमुना संकलन गरी परीक्षण गर्दा गण्डकीका ३९ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३८४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका ७ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २७ जना, तनहुँका २ जना, लमजुङका १ जना, नवलपुरका २ जना छन् भने, स्याङ्गजाका ४ जना, पर्वतका १ जना र म्याग्दी जिल्लाका दुई जनामा कोरोना पुष्टि भएको छ।

संक्रमण पुष्टि भएकाससँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८४ हजार ९८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ९५ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८४ हजार ९८० पुगेको छ। भने अहिले प्रदेशभार ४१० संक्रमित छन् ।

गण्डकीमा हालसम्म कोरोना संक्रमणकै कारण १३८८ जनाले ज्यान गुमाएको निर्देशनालयले जनाएको छ।